१.परिचय
यातायात व्यवस्थापनको कार्य गर्नको लागि वि.सं. २०४१ सालमा यातायात व्यवस्था विभागको स्थापना भएको हो। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी ताथ यातायात व्यवस्था नियमावली २०५४ को नीतिगत व्यवस्था बमोजिम मानिसको अवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो, सुलभ र वातावरणमैत्री यातायात सेवा उपल्ब्ध गराउनु विभाग र मातहतका सवारी परीक्षण कार्यालयहरुको मुख्य उद्धेश्य हो।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्यण अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,यातायात ब्यबस्था बिभाग अन्तर्गत कोशी प्रदेशको सुन्दर नगरी इटहरी उपमहानगरपालिका -१६ पकलीमा २०७८ मंग्सिरमा यो कार्यालय स्थापना भएको हो I

यस सवारी परीक्षण कार्यायलय, इटहरीले दुई वा सो भन्दा बढी प्रदेश भई संचालन हुने (अन्तरप्रदेशिय) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने तथा प्रदुषण परीक्षण गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ I