हाम्रो मिशन

सवारी परीक्षण कार्यालय

परिचय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था बमोजिम मानिसको अवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो, सुलभ र वातावरणमैत्री यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहतका सवारी परीक्षण कार्यालयहरुको मुख्य उद्धेश्य हो। श्री यातायात व्यवसायी /सरोकारवाला र सेवाग्राही महानुभावहरु। नेपालको संविधान २०७२ को प्राप्ती सँगसँगै देश संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्यको रुपमा स्थापित भए पश्चात समग्र राष्ट्रको राजनैतिक र प्रशासनिक पुनर्संरचना भएको यहाँहरु सबैलाई विदितै छ। प्रशासनिक पुनर्संरचना अन्तरगत यातयात क्षेत्रमा रहेका समस्याहरुलाई समयमा नै व्यवस्थापन गरी सेवालाई सरल, सहज, छिटो छरितो, सर्वशुलभ र मर्यादित बनाउने उदेश्यका साथ कोशी प्रदेश, सुनसरी जिल्लाको  इटहरी उपमहानगरपालिकाको वडा नं. १६ पकली भन्ने स्थानमा महेन्द्र राजमार्ग संगै वि.स. २०७८ साल मङ्सिर २८ गते संघीय कार्यालयको रुपमा सवारी परीक्षण कार्यालय इटहरीको स्थापना भएको हो। हाल यस कार्यालयबाट अन्तर प्रदेशमा चल्ने  सार्वजनिक भाडाका ४ पाङ्ग्रे सवारी साधनहरुको सम्बन्धमा देहाय बमोजिमका कार्यहरु सम्पादन हुँदै आइरहेको छः  दुई वा सो भन्दा बढी प्रदेश भई संचालन हुने वा नेपाल भरी संचालन हुने सार्वजनिक सवारी साधनहरुको (यात्रुवाहक/मालवाहक) को बाटो इजाजतपत्र जारी  गर्ने । अन्तरप्रदेशीय संचालन हुने सार्वजनिक सवारी साधनको यान्त्रिक परिक्षण गरी जाँचपास प्रमाण पत्र प्रदान गर्ने । नेपालमा जडान(एसेम्बल) हुने सार्वजनिक सवारी साधनको सडकमा चल्ने सक्षमता जाँच(Road Worthiness Test) गर्ने । यात्रुवाहक ठुला तथा मझौला सार्वजनिक सवारी साधनहरुको स्तर( रात्री, डिलक्स, सुपर डिलक्स) कायम गर्ने । प्रदुषण जाँच परीक्षण   । पटके सेवा । संघीय यातायात ऐन तर्जुमा भइ नसकेको अवस्थामा हाल यस कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा नियमावली २०५४ मा भएको नितिगत व्यवस्था साथै समयमा तालुक मन्त्रालय तथा विभागबाट प्राप्त कार्यविधि निर्देशिका परिपत्र तथा निर्देशन बमोजिम सेवाग्राही एवं सरोकारवालाहरुलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न सवारी परीक्षण कार्यालय इटहरी सदैव तत्पर रहेको छ। यस कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा कुनै प्रकारका असुविधा भएमा गुनासो रहेमा कार्यालयको उजुरी पेटिका अर्थात प्रत्यक्ष रुपमा गुनासो सुन्ने अधिकारी समक्ष गुनासो दर्ता गर्न सकिनेछ। कार्यालयबाट प्रदान भईरहेको सेवालाई प्रभावकारी मर्यादित र गुनासो रहित बनाउन यहाँहरुको महत्वपूर्ण सल्लाह सुझाव र रचनात्मक प्रतिक्रयाको सवारी परीक्षण कार्यालय अपेक्षा गर्दछ।